केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

काठमाडौं : दोस्रो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुट आउटमा ५-४ गोलले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो।

निर्धारित अवधिमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

न्युरोड टिमका विवेक पेनाल्टी सुटआउटमा गोल गर्न चुकेसँगै मछिन्द्र नगद १० लाख रुपैयाँ राशिसहितको उपाधि उचाल्न सफल भएको हो। उपविजेता एनआरटीले ५ लाख राशिमा चित्त बुझाएको छ।

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित १० टिमको सहभागिता थियो।

१९ फागुन, २०८०, २०:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।