साफ यू-१६ महिला फुटबल : बंगलादेशसँग २-० गोलले पराजित नेपाल

साफ यू-१६ महिला फुटबल : बंगलादेशसँग २-० गोलले पराजित नेपाल

काठमाडौं : साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नै हार बेहोरेको छ।

शनिबार काठमाडौँको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल ब‌ंगलादेशसँग २-० गोलले पराजित भएको हो।

बंगलादेशदेशको जितको लागि सौरबी प्रीतिले दुई गोल गरिन्।

सुरूदेखि नै नेपाली टोलीलाई दबाबमा राख्दै खेलको २४ औं मिनेटमा प्रीतिले पहिलो गोल गरेकी थिइन्। त्यसको ५ मिनेटपछि पेनाल्टी मार्फत् उनले दोस्रो गोल थपिन्।

पहिलो हाफमा बंगलादेशदेशले दुई गोल गर्यो भने दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन।

जितसँगै बंगलादेशले ३ अंक जोडेको छ। यता, नेपाल, भारत, भुटान र बङ्गलादेश सम्मिलित प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजित भएसँगै नेपाललाई शीर्ष २ मा पुग्न कठिन हुने भएको छ।

प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० ले हराएको थियो।

राउन्ड रोविन अनुसार सबैले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।  

१९ फागुन, २०८०, १८:२४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।