अनियमिततामा मुछिएको र गुट बनाएको भन्दै रास्वपाले हटायो तीन प्रदेशका महामन्त्री

अनियमिततामा मुछिएको र गुट बनाएको भन्दै रास्वपाले हटायो तीन प्रदेशका महामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन प्रदेशमा महामन्त्री हटाएको छ।

गण्डकी प्रदेशका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीलाई कार्यक्षमता नभएको भन्दै हटाएको पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

गण्डकीका महामन्त्री खड्काले समय नदिएको, गुट निर्माण गरेको र कार्यसम्पादन गर्न नसकेको भन्दै ५ मंसिरमा बर्खास्त गरिएको थियो। अहिले गण्डकीमा नवीन त्रिपाठी महामन्त्री छन्।

यता, सुदूरपश्चिमका महामन्त्री जोशीलाई भने कार्यसम्पादन गर्न नसकेको भन्दै हटाइएको थियो। अहिले उनको ठाउँमा पारस बाहुनलाई नियुक्ति दिइएको छ।

कोशी प्रदेशका महामन्त्री लालविक्रम थापालाई भने निलम्बन नै गरिएको छ।

उनले सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएको तर पाँच वर्षसम्म भाडा नतिरेको भन्ने विषय सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको सहमहामन्त्री बुर्लाकोटीले बताए।

उनले भाडा तिरिसकेपछी थापाको निलम्बन फुकुवा हुने बताए।

१५ फागुन, २०८०, २१:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।