सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई घर पठाऔं : गगन थापा

सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई घर पठाऔं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा दोहोरी चलिरहने हो भने मूल विषयपनि छाँयामा पर्ने अवस्था रहेको भन्दै अख्तियारले डामेका, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका झन्डावालाको झन्डा छोपेर घरपठाउन आग्रह गरेका हुन्। 

उनले भने, ‘विगत केहि दिनदेखि संसदमा दोहोरी चलिरहेको छ। यही पाराले न संसद् राम्ररी चल्ने भयो? मूल विषय पनि छायाँमा पर्नेभयो। अब यसो गर्न लगाऔँ। आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ।’

उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने धारणा राखे।

उनले भने, ‘अनि सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं। यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला। फूलमाला लगाएर स्वागत पनि गरौंला। दोषी भए दण्ड व्यर्होनु होला।’
 

१४ फागुन, २०८०, १४:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।