शनिबारबाट तीन दिनसम्म कर्णाली उत्सव हुँदै

शनिबारबाट तीन दिनसम्म कर्णाली उत्सव हुँदै

सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगरमा शनिबारदेखि कर्णाली उत्सव सुरु हुने भएको छ। हरेक वर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो वर्ष पाँचौँ सँस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीयस्थल बुलबुलेमा आयोजना हुँदैछ।

कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ। उत्सवमा विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो (हिरो) का कथा, साङ्गीतिक साँझ, साहित्य साँझ प्रस्तुत गरिनेछ।

यो वर्षको उत्सवका विपद्को सवाललाई बढी प्राथमिकता दिइएको आयोजकले जानकारी दिएका छन्। उत्सवमा ‘प्रसूति र पितृसत्ता’, ‘प्रकोप र पुनर्निर्माण’, ‘समाज, साहित्य र विकास’, ‘लोकतन्त्र र सुशासन’ विषयमा केन्द्रित रही बहस गरिने ऋति फाउन्डेसनका अध्यक्ष तथा उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालले जानकारी दिए।

४ फागुन, २०८०, १७:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।