तीन लाख ८० हजारमा बनाएको धारामा दुई महिना पनि पानी आएन

तीन लाख ८० हजारमा बनाएको धारामा दुई महिना पनि पानी आएन

बर्दिया : बर्दियाको गुलरिया नगरपालिका नजिकै तीन लाख ८० हजार खर्च गरिएर ट्याक्सी र धारा जडान भयो। तर धारामा दुई महिना पनि पानी आएन।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलबाट २ लाख ५० हजार र गुलरिया खानेपानी उपभोक्ता तथा खानेपानी समिति गुलरियाबाट १ लाख ३० हजार निकासा गरेर ट्याङ्की बनाइयो। गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले धारा जडान गर्यो। करिब एक हजार लिटरको ट्याङ्की राखे पनि धारामा पानी आउँदैन।

२०७६ सालमा खानेपानीको उद्घाटन एमाले सांसद विमला बिकले गरेकी थिइन्। उनले उद्घाटन गरेको २ महिनाजति पानी आयो। त्यसपछि बन्द भयो।

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष मीनराज शर्मा गड्तौलाले चिलिङ मेसिन र फिल्टर मर्मत गर्न लगेको र त्यो नआउँदा धारामा पानी आउन बन्द भएको दाबी गरे।

सामान मर्मत गर्न संघीय खानेपानी आयोजना तत्कालीन कार्यालय बुटवलले आव्हान गरेको टेन्डर बर्दियाको गुलरियामा रहेको यादव इम्पोरियमले पाएको उनले बताए।

इम्पोरियमका अध्यक्ष रिंकु यादवले २०७७ मा रिपेयरिङ गर्ने भनेर चिलिङ मेसिन र फिल्टर लगेको र त्यो नफर्किएकाले समस्या भएको उनको दाबी छ।

'रिंकुको मृत्यु भइसक्यो। अब त्यो मेसिन कहाँ रिपेयरिङ गर्न लगेको हो थाहै भएन। पटक पटक यादव इम्पोरियमलाई भन्यौँ तर इम्पोरियम अरूले नै किनेकाले थाहा छैन भन्छन्' उनले भने।

१८ माघ, २०८०, १६:१२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।