‘गिरिजाबाबु त मसँग सल्लाह नगरी दरबार हत्याकाण्डबारे बोल्नु हुन्थेन प्रचण्डले कसरी अचानक बोल्नुभयो खै?’

‘गिरिजाबाबु त मसँग सल्लाह नगरी दरबार हत्याकाण्डबारे बोल्नु हुन्थेन प्रचण्डले कसरी अचानक बोल्नुभयो खै?’
फाइल फोटो

काठमाडौं : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदरबार हत्याकाण्डबारे बोल्दा कम्तिमा आफूसँग सल्लाह गर्नुपर्ने टिप्पणी गरेका छन्।

बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सो विषयमा बोल्दा प्रधानमन्त्रीले बिचार नपुर्याएको बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘गिरिजाबाबु त मसँग सल्लाह नगरी यस विषयमा बोल्नु हुन्थेन उहाँ (प्रधानमन्त्री प्रचण्ड) कसरी अचानक बोल्नुभयो खै?’

एमाले अध्यक्ष केपी ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो नि? भन्ने प्रश्नमा उनले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्रीसमेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नुभएको हुनुपर्छ भनेर टिप्पणी गरे।

ओलीले वंश बाँकी रहेकाहरूतर्फ संकेत गरेको अध्यक्ष नेपालले स्पष्ट पारे।

राजतन्त्र अब मसानघाटको मुर्दा भइसकेकाको भन्दै अध्यक्ष नेपालले कसैले फर्काउन नसक्ने र फर्काउन पनि नदिइने चेतावनी दिए।

नेपालले वर्तमान संघीय सरकारको एक वर्षको कामहरूको समीक्षा हुनुपर्ने कुरा गलत नभएको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले केही दिन अघि २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे सरकारले पुन: सत्यतथ्य छानबिन गर्ने बताएका थिए।

१८ माघ, २०८०, १२:३३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।