लुम्बिनीबाट राष्ट्रिय सभाको दुवै सिटमा गठबन्धन उम्मेदवार विजयी

लुम्बिनीबाट राष्ट्रिय सभाको दुवै सिटमा गठबन्धन उम्मेदवार विजयी

बुटवल : लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिला कोटामा नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा २ हजार ७ सय ५६ मत ल्याएर विजयी भइन्। तुलसा कुमारीले केसीले १ हजार ५ सय ३७ र विजयलक्ष्मी सिंहले २ सय १२ मत पाएकी थिइन्।  १ सय ६ मतभार बदर

अन्य कोटामा माओवादी केन्द्रका झक्कु सुवेदी २ हजार सात सय ५६ मत पाएर विजयी भए। झपेन्द्र बहादुर घर्ती क्षेत्रीले १ हजार ६ सय ४३ मत पाए भने बाल गोविन्द चौधरीले २ सय १२ मत पाएका थिए।

११ माघ, २०८०, १७:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।