ओलीको मति अझै सुध्रिएको रहेनछ भन्ने थाहा पाएपछि प्रचण्ड गठबन्धनमै फर्किनुभयो : माधव नेपाल

ओलीको मति अझै सुध्रिएको रहेनछ भन्ने थाहा पाएपछि प्रचण्ड गठबन्धनमै फर्किनुभयो : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको बताएका छन्।

बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले पनि ओलीको मति नसुध्रिएको कारण पुनः गठबन्धनमै फर्किएको बताए।

अध्यक्ष नेपालले ओलीले राष्ट्रिय सभा निर्वाचनमा एकीकृत समाजवादीलाई शून्य बनाउने प्रस्ताव राखेको बताए।

उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई १३ सिट दिनुस् तपाई ५ सिट लिनुस् भनेछन्। एकीकृत समाजवादीलाई जिरो सिट दिने रे। भनेपछि अझै उनको मति सप्रिएको छैन। ’

अध्यक्ष नेपालले सबै कम्युनिष्ट मिल्नका लागि मति पनि सप्रिन आवश्यक रहेको बताए।

२५ पुस, २०८०, १७:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।