मतदाता नामावलीमा नाम नभेटिए पछि त्यत्तिकै घर फर्किए एमाले उमेदवार राजपूत

मतदाता नामावलीमा नाम नभेटिए पछि त्यत्तिकै घर फर्किए एमाले उमेदवार राजपूत

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति मतदाता नामावलीमा आफ्नो नाम नभेटिए पछि एमालेका प्रदेश प्रदेशका एक उमेदवार घर फर्किएका छन्।

मधेशको अन्य समूहतर्फ उमेदवार बनाउन लागिएका अर्जुनसिंह राजपूतको नाम मतदाता नामावलीमा नभेटिएपछि उनी त्यसै फर्किएका हुन्।

आज उम्मेदवारी मनोनयनका निम्ति जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका राजपूतको नामावली ‘लिस्ट’मा नभेटिएको एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए।

राजपुतको नाम नभेटिए पछि सो पदमा एमालेले विजेता झालाई उमेदवार बनाएको छ।

२३ पुस, २०८०, १८:४३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।