इलाम–२ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठकपछि मतगणना थालिने

इलाम–२ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठकपछि मतगणना थालिने

काठमाडौं : शनिबार उपनिर्वाचन भएको इलाम–२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ। अहिले बिहान सर्वदलीय बैठक बस्दैछ। बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ। 

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए। 

‘मतपेटिका संकलन भइसक्यो। अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भने, ‘बैठकको निर्णयअनुसार मतगणना सुरु हुन्छ। हामीले तत्कालै मतगणना सुरु गर्ने गरी तयारी गरेका छौ।’

इलाममा सदरमुकामको गौतमबुद्ध सभागृहमा मतगणनास्थल बनाइएको छ। चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि गणना हुन ढिलाइ भएको हो। 

त्यहाँ १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको हो।

१६ बैशाख, २०८१, ०८:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।