स्वास्थ्यमन्त्रीको ‘इन्ट्रेस्ट’मा डा. श्रवणकुमारलाई स्वास्थ्य व्यवस्थापन महाशाखा निर्देशकको जिम्मेवारी, डा. शर्वेश वीरमा सरुवा

स्वास्थ्यमन्त्रीको ‘इन्ट्रेस्ट’मा डा. श्रवणकुमारलाई स्वास्थ्य व्यवस्थापन महाशाखा निर्देशकको जिम्मेवारी, डा. शर्वेश वीरमा सरुवा

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. शर्वेश शर्माको जिम्मेवारी खोसिएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई वीर अस्पताल सरुवा गरिएको छ।

त्यस्तै, वीर अस्पतालको उपनिर्देशकको जिम्मेवारीमा कार्यरत डा. श्रवणकुमार थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ।

डा. थापाले उकेरासँग कुरा गर्दै आज बिहान विभागको निर्देशकमा सरुवा भएको पुष्टि गरेका छन्। उनले सरुवा पत्र पनि लिइसकेको बताए।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्नो सहजताका निम्ति डा. थापालाई व्यवस्थापन महाशाखा लगिएको छ।

स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रियाको आलोचना भइरहेको बेला डा. थापालाई व्यवस्थापन महाशाखाको निर्देशक बनाइएको हो।

२३ पुस, २०८०, १२:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।