विपक्षीको बहिष्कारका बीच बंगलादेशमा आम निर्वाचन हुँदै, पुन: शेख हसिनानै प्रधानमन्त्रीले हुने सम्भावना

विपक्षीको बहिष्कारका बीच बंगलादेशमा आम निर्वाचन हुँदै, पुन: शेख हसिनानै प्रधानमन्त्रीले हुने सम्भावना

 

काठमाडौं : प्रमुख विपक्षी दलले भने बहिष्कार गरे पनि बंगलादेशमा आज आम निर्वाचन भइरहेको छ।

प्रधानमन्त्री शेख हसिनाले चुनावमा सहभागी हुँदै मतदान गरेकी छन्।

प्रधानमन्त्री हसिना भने लगातार चौथो कार्यकाल जित नजिक पुगेकी छन्।

सन् २००९ मा पहिलोपटक सत्तामा आएको प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टीले लगातार चौथो कार्यकाल जित्ने लगभग निश्चित भएको बताइएको छ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का ज्वाइन्ट महासचिव रुहुल कबीर रिजवीले अवामी लिग पार्टी प्रतिपक्षविहीन भएर एकतर्फी चुनावमा गएको बताएका छन्। चुनावलाई लिएर बीएनपीले हिजोदेखि ४८ घन्टा देशव्यापी बन्दको घोषणा गरेको छ। देशका विभिन्न ठाउँमा आज प्रहरी र बीएनपीका कार्यकर्ताहरूबीच झडप भइरहेको बताइएको छ।

बिहान ८ बजे सुरु भएको मतदान ४ बजेसम्म चल्ने बताइएको छ। मतदान सकिए लगत्तै मतगणना सुरू हुने र प्रारम्भिक नतिजा सोमबार नै आउने अपेक्षा गरिएको छ।

१ करोड ५० लाख मतदाता रहेको बंगलादेशमा मतदान क्षेत्रमा भने सुरक्षाका लागि करिब आठ लाख प्रहरी एवं सशस्त्र बल खटाएको बताइएको छ।

२२ पुस, २०८०, १२:१६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।