केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया

केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया

काठमाडौं : काठमाडौं मेडिकल कलेज(केएससी)मा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया गरिएको छ।

केएमसीले चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलका वसन्त खड्काको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ।

मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन्।

अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्नियाँ भएको पाइएको थियो। त्यसपछि तत्कालै भर्ना गरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्नियाँ निकालिएको बाल रोग सर्जन डाक्टर श्रेष्ठले बताए।

‘शिशुको जन्मजातै दुवैतर्फ हर्नियाँ थियो। सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठुलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधिअनुसार नाइटोको छेउमा ३ एमएमको २ वटाप्वालपारेर अप्रेसन गरेका हौं। अहिले बच्चाको अवस्था एकदम ठिक छ।’ डा. श्रेष्ठले भने।

डा. श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनै पनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए।

‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन। विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ।’ उनले भने।

१० पुस, २०८०, ११:५६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।