बाराबाट भन्सार छलेको एक टन प्याज बरामद

बाराबाट भन्सार छलेको एक टन प्याज बरामद

काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराले ७२ हजार मूल्य बराबरको एक टन अवैध प्याज बरामद गरेको छ।

कार्यालय मातहतको प्रहरी चौकी पथलैयाबाट खटिएको विशेष प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा जाँच गर्दा एक टक अवैध प्याज बरामद गरेको हो।

ना ६ ख ९००४ नम्बरको यात्रुवाहक बसमा ५ सय किलो र बा.प्र.०१-००६ ख ५४३३ नम्बरको यात्रुवाहक बसमा थप पाँच सय किलो गरी एक टन प्याज प्रहरीले बरामद गरेको हो।

एक टन प्याजको बिल नभेटिएको र त्यसको भन्सारसमेत छली गरेको भेटिएपछि कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

४ पुस, २०८०, १३:५७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।