रास्वपाको महाधिवेशन आजबाट सुरू, सात प्रदेशका एक-एक वडाबाट थालिँदै

रास्वपाको महाधिवेशन आजबाट सुरू, सात प्रदेशका एक-एक वडाबाट थालिँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ।

बिहीबार सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै पार्टीले महाधिवेशन प्रक्रिया थाल्न लागेको हो।

कोशीमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २०, मधेसमाबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २, बागमतीमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ मा अधिवेशन हुँदैछ।

कोशीमा केन्द्रीय सदस्य विजय जैरू, मधेशमा सहमहामन्त्री सुमना श्रेष्ठ र बागमतीमा महामन्त्री मुकुल ढकाल अधिवेशनमा सहभागी हुँदैछन्।

यस्तै गण्डकीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १०, लुम्बिनीमा बुटवल उपमहानगरपालिका वडा नम्बर १३, कर्णालीमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ र सुदूरपश्चिममा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को अधिवेशन पनि आजै हुँदैछ।

गण्डकीमा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, लुम्बिनीमा कोषाध्यक्ष नीला अधिकारी, कर्णालीमा संगठन विभाग सचिव शंकर श्रेष्ठ र सुदूरपश्चिममा सह-महामन्त्री विपिन आचार्यले वडा अधिवेशनमा सहभागी हुँदैछन्।

मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने रास्वपाले मंसिर २१ गतेसम्म रास्वपाको सदस्य बनेकाले वडा समितिमा चुन्ने र चुनिन पाउने नियम बनाएको छ।

२८ मंसिर, २०८०, ०८:३१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।