शेखर–गगन समूहमा पनि समस्या छ : नेता शर्मा

शेखर–गगन समूहमा पनि समस्या छ : नेता शर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता सुनिल शर्माले संस्थापन इतर शेखर–गगन समूहमा समस्या भएको बताएका छन्।

काठमाडौंको बत्तिसपुतलीमा जारी शेखर–गगन समूहको बैठकमा नेता शर्माले यस्तो बताएका हुन्।

उनले भने,‘१४ औँ महाधिवेशनको समूह एक राखेर अरू जोड्ने हो। शेखर बिना पनि समूह रहँदैन र गगन बिना पनि समूह रहँदैन। नेताहरूले समस्या छैन भन्नुभएको छ, तर समस्या छ।’

बैठकमा उनले राष्ट्रिय सभाको निर्वाचनमा गाउँमा बसेका साथीहरूलाई अवसर दिनुपर्ने समेत बताए।

२७ मंसिर, २०८०, १६:३१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।