शेखर–गगन समूहमा आफ्नै पक्षका मुख्यमन्त्री केदार कार्कीको आलोचना

शेखर–गगन समूहमा आफ्नै पक्षका मुख्यमन्त्री केदार कार्कीको आलोचना

काठमाडौं : नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको आलोचना भएको छ।

बुधबार काठमाडौंको बत्तिसपुतलीमा जारी सो समूहको बैठकमा नेता गुरुराज घिमिरेले मुख्यमन्त्री कार्कीमाथि प्रश्न उठाएका हुन्।

उनले बैठकमा भने, ‘कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने बेला महामन्त्री गगन थापा र मलाई जानकारी गराउनु भएन। त्यसले समूहमा अन्तरद्वन्द्व पैदा गरायो।’

मुख्यमन्त्री कार्कीले पार्टीका महामन्त्रीमाथि सार्वजनिक रुपमा विरोध गरेकोमा नेता घिमिरेको आपत्ति थियो।

उनले भनेका छन्, ‘मुख्यमन्त्री भएको दुई महिना भयो। मन्त्रिपरिषद् विस्तार गर्नसक्नु भएको छैन। काम गर्न छाडेर महामन्त्री विरुद्ध सार्वजनिक अभिव्यक्त दिँदै हिँड्नु भएको छ। यो आपत्तिजनक छ।’

२७ मंसिर, २०८०, १६:०५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।