वीर अस्पतालका निर्देशक डा. पौडेल एमाले सदस्य, स्वास्थ्यमन्त्री बस्नेतले ताने मन्त्रालय

वीर अस्पतालका निर्देशक डा. पौडेल एमाले सदस्य, स्वास्थ्यमन्त्री बस्नेतले ताने मन्त्रालय

काठमाडौँ : डा. सन्तोष पौडेल वीर अस्पतालका निर्देशक पदमा बहाल रहेकै बेला एमालेको सदस्य भएको देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय तानेका छन्।

उनी एमालेको सदस्य रहेको भन्दै सतर्कता केन्द्रमा परेको उजुरीमाथि छानविनहुँदा उनी अहिले पनि एमालेको सक्रिय सदस्य रहेको र स्वास्थ्यकर्मी सम्बन्धी एमालेको संस्थाको महासचिव पदमा कायम रहेको खुलेपछि बस्नेतले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै उनलाई वीरबाट हटाएर मन्त्रालयमा तानेका हुन्।

बिहीबार भएको मन्त्रिस्तरिय निर्णयमा अर्को निर्णय नभएसम्म वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी शुक्रवारदेखि मन्त्रालयमा हाजिर हुन भनिएको छ। मन्त्रालयमा उनलाई कुनै जिम्मेवारी दिइएको छैन।

तहका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रहेका उनी स्वास्थ्य मन्त्रालय एमालेको नेतृत्व रहँदा वीरमा नियुक्त भएका थिए।. पौडेललाई गत फागुनमा तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए।

पौडेल एमालेको सदस्य र जनसङ्गठनको महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको  थियो। उजुरी छानविनकोक्रममा उनी एमालेको जनवर्गिय संगठनको तर्फबाट पार्टीमा सदस्य रहेको देखिन्छ। उनले एमालेको राष्ट्रिय स्वास्थ्यकर्मी संघको महासचिव पदमा कायमै छन्।

सतर्कता केन्द्र अनि निर्वाचन आयोगले उजुरीको छायाँकपीसँगै मन्त्रालयलाई जानकारी गराएको थियो। 

* पछि प्राप्त प्रमाणको आधारमा हेडलाइन र समाचार केही संशोधन गरिएको।

१५ मंसिर, २०८०, १८:३२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।