लिनसँग विवाहको लागि इम्फाल पुगे रणदीप हुड्डा, भने- ‘मणिपुरको शान्तिको प्रार्थना गरेँ’

लिनसँग विवाहको लागि इम्फाल पुगे रणदीप हुड्डा, भने- ‘मणिपुरको शान्तिको प्रार्थना गरेँ’

एजेन्सी : बलिउड अभिनेता रणदीप हुड्डा र मणिपुरी मोडल एवं अभिनेत्री लिन लैशराम विवाहका लागि मणिपुरको इम्फाल पुगेका छन्।

सोमबार इम्फालको एउटा मन्दिरमा पूजा गर्न आएका यो जोडीले त्यहाँ उपस्थित सञ्चारकर्मीहरूसँग कुराकानी गरेका थिए।

उनले सुन्दर भविष्य र मणिपुर एवं विश्व शान्तिको लागि प्रार्थना गरेको बताए।

उनले भने, ‘मैले सुन्दर भविष्यको लागि प्रार्थना गरेँ। मणिपुरको शान्तिको लागि प्रार्थना गरेँ र पूरै विश्वशान्तिको लागि प्रार्थना गरेँ। मैले भगवानसँग सुन्दर दाम्पत्य जीवन मागेँ।’

सञ्चारकर्मीले उनलाई सोधेको विवाहलाई लिएर नर्भस हुनुहुन्छ भन्ने प्रश्नकोफ जवाफमा हुड्डाले थपे, ‘हो, यस्तो बेला सबै नर्भस हुन्छन्।’

रणदीप र लिन लैशराम २९ नोभेम्बरमा विवाह गर्दैछन्। यो विवाह मणिपुरमै हुनेछ।

लिन लैशरामले ‘रंगुन’ र ‘जाने जान’ जस्ता फिल्ममा काम गरिसकेकी छन्। रणदीप हुड्डा ‘सरबजीत’, ‘हाइवे’, ‘लव आज कल २’ र ‘सुल्तान’ जस्ता फिल्महरूमा दमदार अभिनय गरेका छन्।

मिडिया रिपोर्टका अनुसार रणदीप हुड्डा र लिन लैशराम विगत तीन वर्षदेखि रिलेशनशिपमा छन्।

१२ मंसिर, २०८०, ०९:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।