इतिहासकार चित्तरञ्जन नेपालीको निधन

इतिहासकार चित्तरञ्जन नेपालीको निधन

काठमाडौं : नेपाली इतिहासकार तथा प्रशासक, प्रथम पटक मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन भएको छ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पिडित रहेका उनलको काठमाडौंस्थित ओम अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो। 

नेपालीलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’बाट सम्मानित  समेत गरिएको थियो।

चित्तरञ्जन नेपालीको खास नाम भने नारायणप्रसाद राजभण्डारी हो। पछि राणा विरोधी आन्दोलनका क्रममा आफ्नो खास नाम त्यागेर उनले चित्तरञ्जन नेपाली राखेका थिए।

इतिहासकारका रुपमा पनि चिनिने चित्तरञ्जनका ‘जंगबहादुरको कथा’, ‘केही कृति ः केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरू’ लगायत पुस्तक पनि प्रकाशित छन्।

३० असोज, २०८०, ११:२७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।