‘ऐँठन’का लेखक ओझालाई मदन पुरस्कार अर्पण

‘ऐँठन’का लेखक ओझालाई मदन पुरस्कार अर्पण

काठमाडौं  : २०७९ सालको मदन पुरस्कार उपन्यास ‘ऐँठन’का लेखक विवेक ओझालाई अर्पण गरिएको छ।  साथै जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई अर्पण गरेका गरिएको छ। 

सोमबार ललितपुरमा सम्पन्न कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठन’का लेखक ओझालाई मदन पुरस्कार र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन्।

उपन्यास ‘ऐँठन’ दुई दशकअघिको माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयबस्तुमा आधारित छ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार/चार लाख रुपैयाँ छ। गुठीले यसअघि नै मदन पुरस्कार ऐँठन’लाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो।

२९ असोज, २०८०, १७:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।