उकेरा टप फाइभ : विमानस्थलको धावन मार्ग व्यक्तिको नाममा दर्ता भएकोदेखि अनमोल केसी हिरासतमा परेकोसम्म

उकेरा टप फाइभ : विमानस्थलको धावन मार्ग व्यक्तिको नाममा दर्ता भएकोदेखि अनमोल केसी हिरासतमा परेकोसम्म

काठमाडौं : शुक्रबार आन्दोलनरत राहत शिक्षक केन्द्रीय समितिबीच सहमति भएको छ। सहमतिमा राहत शिक्षकलाई प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने, २०७६ पछि स्थायी नियुक्ति लिएका तर लामो समय राहत तथा अस्थायी करारमा काम गरेका शिक्षकलाई समयावधि नपुगेमा पुरानो सेवावधि जोडेर पेन्सन व्यवस्था गर्ने उल्लेख छ।

एमालेको तीन प्रदेशको अधिवेशन शुक्रबार जारी छ। बागमती, कर्णाली र कोशी प्रदेशको अधिवेशनमा कतै बन्दशत्र सुरु भए भने कतै निर्वाचनको मतपरिणामा आउने क्रम जारी छ। बागमतीमा मतपरिणामको व्यवस्था हुँदै गर्दा कर्णाली र कोशीमा निर्वाचनको तयारी हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ल्हासाबाट छेन्दु पुगे। उनलाई त्यहाँ छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे। उनी शनिबार नेपाल आउँदैछन्।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शुक्रबार बिहान चीनमा जारी एसियाली खेलकुदको पदक तालिकामा आयोजक चीनकै वर्चश्व रहँदा नेपालको प्रदर्शन भने हालसम्म निराशाजनक रहेको समाचार लेख्यो। एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरिसकेका छन्। तर नेपालले भने हालसम्म पदकमा खाता खोल्न सकेको छैन।
पूरा समाचारः एसियाली खेलकुदमा ४५ मध्ये ३३ देशले जितिसके पदक, नेपालले खाता कहिले खोल्ला?

दिउँसो उकेराले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको समाचार लेख्यो। भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खालभित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको देखियो।
पूरा समाचारः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा दर्ता

शुक्रबार दिउँसै उकेराले नियमित स्तम्भ मध्यमधार प्रस्तुत गर्यो। जसमा बाइ–सेक्सुअल युवती रिता उप्रेतीले आफ्ना अनुभव सुनाइन्। उनले सुरूमा त आफूलाई चिन्न समय लागेको र पछि परिवारलाई भन्दा सहजै स्वीकार गरेको बताएकी छन्।
पूरा समाचारः मध्यमधारः बाइ–सेक्सुअल युवती रिता भन्छिन्– ‘परिवारले स्वीकारे, बाहिर जे भने पनि के भो र!’

साँझपख उकेराले आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेको समाचार लेख्यो। उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।
पूरा समाचारः अभिनेता अनमोल केसी उपत्यका अपराधको हिरासतमा, आपराधिक विश्वासघातको आरोप

राति उकेराले कैलाश मानसरोवर यात्राको आठौं भाग प्रस्तुत गर्यो। जसमा पंक्तिकारले कैलाश पर्वत छ्याङ्ग खुलेको दृश्य देखेको र त्यहाँबाट ४० किलोमिटर पर दार्चेत गएर बसेकोसम्मको अवस्था यहाँ उल्लेख गरेका छन्।
पूरा समाचारः कैलाश मानसरोवर यात्रा-८ : कैलाश पर्वतको चुचुरोमा त्यो ‘भर्याङ’ चैँ कसले बनायो!

असोज १२, २०८० शुक्रबार २२:०४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।