जनताको गुनासो सुन्ने ‘हेलो सरकार’ सेवा आजदेखि २४सैं घण्टा खुला हुने

जनताको गुनासो सुन्ने ‘हेलो सरकार’ सेवा आजदेखि २४सैं घण्टा खुला हुने

काठमाडौं : जनताको गुनासो सुन्न स्थापना गरिएको ‘हेलो सरकार’ सेवा अबदेखि २४सैं घण्टा खुला हुने भएको छ। 

यसअघि दुई सिफ्टमा सञ्चालन हुँदै आएको ‘हेलो सरकार’ सेवा आजदेखि २४सैं घण्टा खुला हुने भएको हो। 

तत्काल सम्बोधन गर्नुपर्ने जनताका गुनासोहरु सम्बोधनका लागि हेलो सरकारलाई २४सैं घण्टा सञ्चालनमा ल्याइएको जनाइएको छ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन र आवश्यक समन्वयका लागि हेलो सरकार सेवालाई थप प्रभावकारी बनाइएको बताए।

‘सुशासनको पहिलो सर्त सरकार र जनताबीचको आत्मिय सम्बन्धको विकास हुनु हो।’ उनले भने, ‘जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जति सेवा प्रवाहको सुधार गरेपनि या सुशासनको कुरा गरेपनि यसले धेरै अर्थ राख्दैन। त्यसैले म नेपाल सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न विशेष निर्देशन दिन चाहन्छु।’

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनतासँग प्रत्यक्ष सम्पर्कका लागि भनेर हेल्लो सरकार स्थापना भएको थियो।

१७ भदौ, २०८०, १४:१८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।