संसद्को गतिरोध खुलाउन भोलि बेलुकासम्म सहमति जुट्नेमा प्रधानमन्त्री विश्वस्त

संसद्को गतिरोध खुलाउन भोलि बेलुकासम्म सहमति जुट्नेमा प्रधानमन्त्री विश्वस्त
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी नीति कार्यक्रम सहज ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

बालुवाटारमा प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सोमबार बेलुकीसम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन्।

उनले भने, ‘मैले गम्भीरतापूर्वक प्रतिपक्षसँग कुरा गरेको छु। आज अन्तिम निष्कर्षमा नपुगे पनि भोलि बेलुकीसम्म एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढङ्गले अघि बढ्ने वातावरण बन्नेमा विश्वस्त छु।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएका थिए।

लेखकले प्रधानमन्त्रीसँग पार्टीले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग दोहोर्याएको बताएका छन्।

वैशाख ३०, २०८१ आइतबार १४:५६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।