दुई लाख घुस लिएको अभियोगमा लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दुई लाख घुस लिएको अभियोगमा लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मोरङ : सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

नगरपालिका र वडा कार्यालयहरूको विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मतको भुक्तानी दिने क्रममा २ लाख रुपैयाँ घुससहित पक्राउ परेका ढकालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा रकम लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर भएको हो।

ढकाललाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले असार २२ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायको मागसमेत आयोगले गरेको छ।

१९ साउन, २०८०, १८:३६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।