जबलियामा इजरायली सेना र हमासबीच भीषण द्वन्द्व, स्थानीयको भागाभाग

जबलियामा इजरायली सेना र हमासबीच भीषण द्वन्द्व, स्थानीयको भागाभाग

एजेन्सी :  उत्तरी गाजाको जबलियामा इजरायली सेना र हमास लडाकुहरूबीच भीषण द्वन्द्व भइरहेको छ।

हमास लडाकुहरू जबलियामा भेला भएको भन्दै इजरायली सेनाले त्यस क्षेत्रमा भीषण आक्रमणलाई जारी राखेको छ।

युद्धका कारण भागेका स्थानीयले जबलियाको शरणार्थी शिविरतर्फ इजरायली सेनाका ट्याङ्कहरू गइरहेको देखेको बताएका छन्। जबलियामा शनिबारदेखि भारी बम विस्फोट भइरहेको छ।

प्यालेस्टिनी सशस्त्र समूहहरूले यहाँ शरणार्थी शिविरहरूमा इजरायली सैनिकहरूसँग लडिरहेको बताएका छन्। यसैबीच, संयुक्त राष्ट्रसंघले हालसम्म ३ लाख ६० हजार मानिस राफाहबाट भागेको जनाएको छ।

गत हप्ता इजरायलले यहाँ आफ्नो कारबाही तीव्र पारेको थियो। इजरायली सेनाले रफाहलाई खाली गर्न भनेको थियो। कम्तिमा १० लाख प्यालेस्टिनी शरणार्थीहरू यहाँ बसिरहेका छन्।

जेठ १, २०८१ मंगलबार १०:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।