व्यक्तिको जग्गामा नपस्न र वृक्षरोपण नगर्न हर्क साम्पाङलाई अदालतको अन्तरिम आदेश

व्यक्तिको जग्गामा नपस्न र वृक्षरोपण नगर्न हर्क साम्पाङलाई अदालतको अन्तरिम आदेश

काठमाडौं : उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न हर्क साम्पाङलाई अन्तरिम आदेश दिएको छ।

धरान-४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’

साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित रूपमा जवाफ पेस गर्न भनेको छ।

११ साउन, २०८०, २०:०४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।