अहिले हर्क, बालेन र रवि सबै राजा : दीपकराज गिरी

अहिले हर्क, बालेन र रवि सबै राजा : दीपकराज गिरी

काठमाडौं : कलाकार दीपकराज गिरीले धरानका मेयर हर्क साम्पाङ, काठमाण्डौंका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने लगायत सबै राजा भएको टिप्पणी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको समयमा जनताको मन जित्ने सबैजना राजा भएको बताए। ‘अहिले त हर्क पनि राजा, बालेन पनि राजा, रवि लगायत सबै राजा। जस जसले जनताको मन जिते, सबै राजा,’ उनले लेखेका छन्। 

‘अब सबैको मन जितेर देशकै राजा हुने कि म यो जातको, म यो समूहको, म त यो धर्मको भनेर कराउँदै हिंडेर एउटा मात्रै समूहको राजा हुने?’ उनले थप प्रश्न गरे।

सामाजिक सञ्जालमा धर्मको विषयलाई लिएर धरानका मेयर हर्क साम्पाङको विरोध भइरहेको अवस्थामा उनले यो स्टाटस राखेका हुन्।

‘इतिहासमा एक जातीले अर्को जातीलाई एउटा समूहले अर्को समूहलाई हराएर राजा हुने चलन थियो, हतियारले जितेर। त्यो क्रममा कसले जिते, कसले हारे त्यो हिसाब गरेर काम छैन। किनकि त्यो अब इतिहस भैसक्यो,’ गिरीले थप लेखेका छन्। 

७ साउन, २०८०, १७:०९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।