विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने व्यवस्था मिलाउन जनमत पार्टीको माग

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने व्यवस्था मिलाउन जनमत पार्टीको माग

काठमाडौँ : जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग गरेको छ।

पार्टीका अध्यक्ष डा सीके राउतले आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरूलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरू गर्न आग्रह गरे।

प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर हुनुपर्ने भन्दै त्यसको निम्ति अहिलेदेखि नै व्यवस्था मिलाउनुपर्ने पार्टीको माग छ। 

ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौँसम्म कुर्नुपर्ने बाध्यता हटाउन आग्रहसमेत गरिएको छ।

कर्मचारी थप्ने, राहदानी नवीकरण केन्द्र तथा शिविर तथा अनलाइन सेवा सञ्चालनसहितका उपाय अपनाएर राहदानी नवीकरणलाई छिटोछरितो बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ।

२४ बैशाख, २०८१, १९:४१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।