अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

बुटवल : बुटवलबाट सट्टेबाजी गरेको आरोपमा १३ जना भारतीय नागरिक पक्राउ परेका छन्।

सोमबार अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवल प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको थियो। प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले पक्राउ परेका उनीहरूको बारेमा अनुसन्धान भइरहेको बताए।

२४ बैशाख, २०८१, १८:५४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।