भुटानी प्रकरणमा धरौटीमा छुट्नेबित्तिकै ललिता निवास प्रकरणमा अदालतबाटै पक्राउ

भुटानी प्रकरणमा धरौटीमा छुट्नेबित्तिकै ललिता निवास प्रकरणमा अदालतबाटै पक्राउ

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएलगत्तै केशव तुलाधार पक्राउ परेका छन्।

ललिता निवास प्रकरणमा उनी फेरि पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई अदालत परिसरबाटै समातेको हो। 

हाल प्रहरी हिरासतमा रहेका मीनबहादुर गुरुङसहित अन्य केही व्यक्तिमार्फत बालुवाटारको जग्गा उनको नाममा गएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्।

भुटानी शरणार्थी प्रकरणमा रकम उठाएको आरोपमा तुलाधर असार २८ गते पक्राउ परेका थिए। 

३१ असार, २०८०, १९:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।