भारतीय मिडियामा नक्कली भुटानी शरणार्थी प्रकरणको समाचार, देउवाको नामै जोडेर लेख्यो

भारतीय मिडियामा नक्कली भुटानी शरणार्थी प्रकरणको समाचार, देउवाको नामै जोडेर लेख्यो

काठमाडौँः नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालका शीर्षस्थ नेताहरू नै जोडिन थालेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइसकेका छन्। 

यस प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीहरू नै अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

यसैबीच भारतीय चर्चित अनलाइन मिडिया अमर उजालाले नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भुटानी शरणार्थी प्रकरणमा मुछिएको समाचार लेखेको छ। 

उक्त समाचारको शीर्षक छ- नेपाल में पूर्व प्रधानमंत्री देउबा के घर तक पहुंची फर्जी भूटानी शरणार्थी घोटाले की आंच

समाचारमा लेखिएको छ, 'नेपालका महान्यायाधिवक्ताले ३० जना अभियुक्तलाई कारबाही गरिने बताएका छन्। उनीमाथि देशद्रोह, संगठित अपराध, ठगी र किर्तेको आरोप लगाइएको छ। ३० जना अभियुक्त मध्ये १८ जना पक्राउ परेका छन्।' 

'नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा अहिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा आँच आएको छ,' समाचारमा लेखिएको छ, 'आफ्नी श्रीमती आरजु राणालाई घूस लिएको संकेत गर्ने अडियो क्लिप लिक भएपछि यो विषय फेरि बाहिर आएको छ। यो अडियोको विषयमा प्रहरीले आरजु राणा वा देउवालाई सोधपुछ गरेको छैन।'

केही दिनअघि यस प्रकरणमा घुस लेनदेनको अडियो बाहिरिएको थियो। जसमा उक्त आवाज सन्देश शर्माको रहेको पुष्टि भइसकेको छ। शर्मा यसै प्रकरणमा अभियुक्त हुन्। 

२५ असार, २०८०, २०:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।