सत्तामै रहेका माधव नेपाल भन्छन्, 'यो सरकारले सुशासनको प्रत्याभूति दिन सकेन'

सत्तामै रहेका माधव नेपाल भन्छन्, 'यो सरकारले सुशासनको प्रत्याभूति दिन सकेन'

काठमाडौँः सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले सरकारको काम गराइप्रति असन्तुष्टि जनाएको छ। 

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले जनअपेक्षा गरेअनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

६५औँ संसद् दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालले भ्रष्टाचार अन्त्य गर्ने, सुशासन प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न सांसदलाई आग्रह पनि गरे।

उनले भने, 'भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ। जनताको प्रतिनिधिको हैसियतले सांसदहरूले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।' 

उनले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरू एक भएर बढ्नुपर्नेमा जोड दिए। 

१६ असार, २०८०, १८:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।