रोयल इन्फिल्ड बाइक विद्धुतिय प्रणालीमा आउँदै, तीन वर्ष लाग्ने दाबी

रोयल इन्फिल्ड बाइक विद्धुतिय प्रणालीमा आउँदै, तीन वर्ष लाग्ने दाबी

काठमाडौँ : तीन वर्षभित्र रोयल इन्फिल्ड बाइक विद्युतिय सवारीमा रुपान्तरण हुने भएको छ।

रोयल इन्फिल्डका सीसीओ यादवविन्द्र सिंह गुलेरियाले बाइक विद्युतिय सवारीमा लैजाने योजना पाइप लाइनमा रहेको र दुई तीन वर्षभित्रमा कार्यान्वयनमा आउने बताए।

नेपालमा रोयल इन्फिल्डको औपचारिक एसेम्ब्लिङ प्लान्टको प्रारम्भ गर्न आएका उनले नेपालमै जडान भएको रोयल इन्फिल्डको दुई वटा मोडल सार्वजनिक गरेका थिए।

कार्यक्रमपछि सीमित पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी योजनाबारे खुलाएका हुन्।

मोटरसाइकल प्रेमीमाझ लोकप्रिय रहेको रोयल इन्फिल्डको आकर्षणमध्ये त्यसको साउन्ड पनि हो।

विद्युतिय सवारीमा साउन्ड नआउनेहुँदा केही सवारीको आकर्षण घट्ने भन्दै कृत्रिम साउन्ड समेत राखेका छन्।

रोयल इन्फिल्डले के गर्छ?  सीसीओ गुलेरियाले आफ्नो कम्पनी प्राकृतिक स्वरूपमा विश्वास गर्ने भएकाले कृतिमतामा नजाने बताए।

'हामी कृत्रिम आवाज राखेर उपभोक्तालाई झुक्क्याउँदैनौ' उनले भने' विद्धुतिय सवारीमा जे प्राकृतिक हुन्छ त्यही स्वरूपमा आउँछ।'

रोयल इन्फिल्डले नेपालको वीरगन्जमा एसेम्बल प्लान्ट स्थापना गरेको छ जसले वार्षिक २० हजार वटा मोटरसाइकल तयार गर्न सक्छ।

क्लासिक ३५० र  स्क्रयाम-४११ नेपालमै एसेम्बल गरिएपछि मूल्य समेत घटेको छ।
क्लासिक ३५० को नयाँ भर्सनको मूल्य ४ लाख ९९ हजार तोकिएको छ।

यस अगाडि सो मोडलको मूल्य ६ लाख ४० हजार थियो। अर्को मोडल स्क्रयाम-४११ कै मूल्य ६ लाख ६० हजार तोकिएको छ।

२० जेठ, २०८०, १७:००:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।