लोकतन्त्रको विकल्प छैनः माधवकुमार नेपाल

लोकतन्त्रको विकल्प छैनः माधवकुमार नेपाल
फाइल तस्वीर

काठमाडौँः नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले निरंकुशविरुद्ध नेपालीले लामो समयदेखि गरेको संघर्षबाट प्राप्त  संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा  समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताएका हुन्। 

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन जोड दिइएको उल्लेख गर्दै जारी विज्ञप्तिमा समाजवादमा  सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

सुशासन कायम गर्न संस्थागत बेथिति र  भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

१५ जेठ, २०८०, १३:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।