प्रचण्डको जवाफः नीति तथा कार्यक्रम मौलिक छन्, एमालेका एजेण्डा पनि समेटिएका छन्

प्रचण्डको जवाफः नीति तथा कार्यक्रम मौलिक छन्, एमालेका एजेण्डा पनि समेटिएका छन्

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरेका छन्। 

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम अर्थ न बर्थको नरहेको बताए। 

यसपटक आएको नीति तथा कार्यक्रम परम्परागत नभएको उनले पटक पटक दाबी गरिरहे। 

प्रमुख प्रतिपक्षी एमालेले नीति तथा कार्यक्रमको विरोध गरेको भन्दै नीति तथा कार्यक्रममा एमालेका एजेण्डा पनि समेटिएको बताए। 

निर्वाचन पछि एमाले र कांग्रेससँगको गठबन्धनमा सरकार बनेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले यो दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रम मिसिएको मौलिक नीति तथा कार्यक्रम भएको जिकिर गरे। 

एमालेले नीति तथा कार्यक्रमलाई कर्मकाण्डी देख्ने भए आफूले ल्याएको जस्तै रहेछ भनेर समर्थन गर्न पनि प्रचण्डले आग्रह गरे।  

नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा नभएको भन्दै उनले जनताको जीवनस्तर सुधार्न सबै दलहरू एकैठाउँमा हुनुपर्ने उनको भनाइ थियो। राष्ट्रिय भावना र एउटै दृष्टिकोण बनाएर बढ्न उनले आग्रह गरे। 


 

१३ जेठ, २०८०, १९:०६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।