गुजरातविरुद्ध गायकवाडको लगातार चौथो अर्धशतक, कप्तान धोनी १ रनमै आउट

गुजरातविरुद्ध गायकवाडको लगातार चौथो अर्धशतक, कप्तान धोनी १ रनमै आउट

इन्डियन प्रिमियर लिग-१६ को क्वालिफायर-१ खेल चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सविरुद्ध १७३ रनको लक्ष्य दिएको छ। उसले पूरा ओभमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो। 

चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियम चेपौकमा जारी खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो। 

आज महेन्द्र सिंह धोनी २ बलमा एक रन बनाएर आउट भए। उनलाई मोहित शर्माले कप्तान हार्दिक पाण्ड्याको हातबाट क्याच आउट गराए। 

यसअघि अम्बाती रायुडु (१७ रन), ओपनर डेभोन कोनवे (४० रन), अजिंक्य रहाणे (१७ रन), शिवम दुबे (एक रन) र ऋतुराज गायकवाड (६० रन) मा पेभिलियन फर्किए। 

अम्बाती रायडुले पनि १७ रन जोडे। त्यस्तै रविन्द्र जडेजाले २२ रनको योगदान दिए। मोएन अली भने ९ रनमा नटआउट रहे। 

चेन्नईका ओपनर ऋतुराज गायकवाडले ३६ बलमा अर्धशतक प्रहार गरे। उनले गुजरातविरुद्ध लगातार चौथो अर्धशतक बनाए। चेन्नईविरुद्धको टोलीको यो चौथो खेल हो। गायकवाड ६० रन बनाएर आउट भए। यस सिजनको सुरुमा उनले ९२ रनको इनिङ खेलेका थिए। 

गुजरातका मोहम्मद शामी र मोहित शर्माले समान २/२ विकेट लिए भने राशिद खान, दर्शन नालकण्डे र नुर अहमले १/१ विकेट लिए। 

९ जेठ, २०८०, २१:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।