आईपीएलमा १२ औं पटक प्लेअफ म्याच खेल्दै चेन्नई, घरेलु मैदानमा भरपूर समर्थन

आईपीएलमा १२ औं पटक प्लेअफ म्याच खेल्दै चेन्नई, घरेलु मैदानमा भरपूर समर्थन

इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनको प्लेअफका खेलहरू आजदेखि सुरु हुँदैछन्।

पहिलो क्वालिफायरमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सको चुनौती ४ पटकको विजेता चेन्नई सुपर किंग्ससँग हुनेछ। खेल राति पौने ८ बजेदेखि चेन्नईको चेपौक स्टेडियममा हुनेछ। 

खेल जित्ने टोलीले फाइनलको टिकट पाउनेछ भने हार्ने टोलीले क्वालिफायर-२ मा पुग्नेछन्। जहाँ उसले एलिमिनेटरको विजेतासँग खेल्नेछ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले गत सिजन ९ नम्बरमा रहेर उत्कृष्ट पुनरागमन गरेको हो।पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि टोलीले ८ खेल जितेको छ। चेन्नईले ५ खेल पनि हार्यो। एक खेल भने वर्षाका कारण अनिर्णित रह्यो, जुन लखनऊ सुपर जायन्टसँग थियो। 

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी ४१ वर्षका भए। धेरै क्रिकेट विज्ञहरूले २०२३ उनको अन्तिम सिजन हुन सक्ने बताइरहेका छन्। यस्तो अवस्थामा चेन्नईले आफ्नो घरेलु मैदानमा दर्शकहरूको समर्थन पाइरहेको छ, अवे खेलहरूमा पनि स्टेडियम चेन्नईका समर्थकहरूले भरिने गर्छन्। 

१२ वर्षपछि घरेलु मैदानमा मुम्बईलाई हरायो

घरेलु मैदानमा चेन्नईको कीर्तिमान उत्कृष्ट छ। यो सिजनअघि टोलीले यहाँ ५६ खेल खेलेको थियो, जसमा ४१ मा जित र १५ मा हारेको थियो।

१५ मध्ये पनि उसले पाँच पटक मुम्बई इन्डियन्ससँग हार बेहोरेको थियो। मुम्बईसँग चेन्नईले चेपोकमा अन्तिम जित २०१० मा मात्र निकालेको थियो। 

यस पटक चेन्नईले इतिहास बदलेको छ। १२ वर्षपछि ६ मे २०२३ मा आफ्नो सबैभन्दा ठूलो विपक्षी टोली मुम्बईलाई ६ विकेटले पराजित गर्यो। चेन्नईले मुम्बईलाई पनि आफ्नै घरमा पराजित गरेको हो।

यी दुईबीच ३६ खेल भइसकेका छन्, जसमा मुम्बईले २० र चेन्नईले १६ खेल जितेका छन् । दुवैले ५/५ पटक आईपीएल फाइनल खेलेका छन्।

९ जेठ, २०८०, १६:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।