क्रिस गेललाई पछि पार्दै आईपीएलमा कोहलीको सातौँ शतक, गुजरातलाई १९८ रनको लक्ष्य

क्रिस गेललाई पछि पार्दै आईपीएलमा कोहलीको सातौँ शतक, गुजरातलाई १९८ रनको लक्ष्य

क्रिकेटका 'रन मेसिन' विराट कोहलीको लगातार दोस्रो शतकको आधारमा रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग २०२३ को अन्तिम लिग खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १९८ रनको लक्ष्य दिएको छ।

आज सिजनको अन्तिम दोहोरो हेडर-डे र पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएपछि प्लेअफमा प्रवेशमा संघर्ष गरिरहेको छ। रोहितको टोली यो खेलको नतिजा पर्खिरहेको छ।

कोहलीको सातौं शतकमा बैंगलोरले १९७ रन बनायो

कोहलीले आईपीएल-२०२३ मा लगातार दोस्रो शतक प्रहार गरेका छन्। जसका कारण सिजनको अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो।

विराटले ६१ बलको सामना गर्दै १०१ रनको अविजित इनिङमा १३ चौका र १ छक्का प्रहार गरे। उनले ६० बलमा शतक बनाए।

विराटले चार दिनअघि सनराइजर्स हैदरावादविरुद्ध पनि शतक बनाएका थिए। विराटको यो सातौं आईपीएल शतक हो र उनी यस लिगको इतिहासमा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्।

उनले वेस्ट इन्डिजका क्रिस गेललाई पछाडि छोडे। गेलको नाममा ६ शतक छ।

७ जेठ, २०८०, २२:५८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।