थप १४ जनामा कोरोना पुष्टि, ८० जना सक्रिय संक्रमित

थप १४ जनामा कोरोना पुष्टि, ८० जना सक्रिय संक्रमित

काठमाडौं : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भएको ७९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा १३ जना संक्रमणमुक्त हुँदा कोरोनाविरुद्धको खोप लगाउनेहरूको विवरण भने मन्त्रालयले पाउन सकेन।

देशभर कोरोनाका ८० जना सक्रिय संक्रमित हुँदा देशभर एक–एक जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

देशभर अहिलेसम्म कोरोनाबा १२ हजार ३१ जनाको मृत्यु हुँदा १० लाखभन्दा बढि संक्रमित भइसकेका छन्।

६ जेठ, २०८०, १५:५४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।