डब्लूएचओको महासभामा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

डब्लूएचओको महासभामा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ७६ औं महासभामा भाग लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्।

बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहितको ६ सदस्यीय टिम जेनेभा गएको हो।

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लूएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ।

६ जेठ, २०८०, ०९:११:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।