अब विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

अब विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

काठमाडौँः अब विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा भाग लिन पाउने भएका छन्। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे बताएका हुन्। 

शुक्रबार संसदको दुवै सदनमा नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदानका व्यवस्था गरिने घोषणा गरेका हुन्।

सर्वोच्च अदालते विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरिसकेको अवस्था छ। 

५ जेठ, २०८०, १८:०२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।