रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने

काठमाडौँः सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभ्ने नीति लिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बताए। 

सार्वजनिक सेवा प्रसारणको व्यवस्था गर्न यी दुई सरकारी सञ्चारमाध्यमलाई गाभेर एकीकृत प्रसारण सेवा सुरु गर्ने राष्ट्रपति पौडेलले बताए। 

सकारले प्रेस काउन्सिललाई सबै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सबै विषयवस्तुको नियमन गर्ने गरी नयाँ कानुन बनाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने पनि पौडेलले बताए। 

५ जेठ, २०८०, १७:४२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।