सर्वोच्चले रोकेको निजगढ विमानस्थलको निर्माण कार्य सरकारले अघि बढाउने

सर्वोच्चले रोकेको निजगढ विमानस्थलको निर्माण कार्य सरकारले अघि बढाउने

काठमाडौँः सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य बढाउने भएको छ।

शुक्रबार संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलल यसबारे जानकारी दिए। 

यसैगरी सरकारले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाइसाथ लागू गर्ने भएको छ।

सरकारले विभिन्न नयाँ मुलुकसँगको दुईपक्षीय हवाई सम्झौता गर्दै नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउने पनि नीति लिएको छ। 

सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला गरेको थियो।

उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै सर्वोच्चले निर्माण कार्य रोक्न भनेको थियो। 

रिट निवेदनमा निजगढ विमानस्थलका लागि पुराना रुख रहेको जंगल विनाश गर्ने भएकाले निर्माण रोक्न माग गरिएको थियो।

५ जेठ, २०८०, १७:३४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।