अस्पताल शय्याको विवरण दैनिक रुपमा वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

अस्पताल शय्याको विवरण दैनिक रुपमा वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिक रुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्य रुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन्।

आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले संघीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त शय्याको संख्या वेबसाइटमा दैनिक रुपमा अद्यावधिक गर्न निर्देशन दिए।
    
‘ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ। काठमाडौंमा अस्पतालको शय्याको खोजीमा हिंड्दा हिंड्दै बिरामीको मृत्युसम्म हुने गरेको छ,’ उनले भने ‘सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्य रुपमा शय्यामा भर्ना र रिक्त संख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ।’

उनले अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि संघीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न पनि निर्देशन दिएका छन्।

५ जेठ, २०८०, १५:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।