नक्कली शरणार्थी प्रकरणमा दोषी नउम्कने, निर्दोष नफस्ने गरी अनुसन्धान भएको छः गृहमन्त्री

नक्कली शरणार्थी प्रकरणमा दोषी नउम्कने, निर्दोष नफस्ने गरी अनुसन्धान भएको छः गृहमन्त्री
फाइल तस्वीर

उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन्। 

नेकपा (एकीकृत समाजवादी) का मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडालगायत प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै उनले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको बताए। 

एकीकृत समाजवादीले यस प्रकरणमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकामा सरकारलाई धन्यवाद दिएको छ।

विगतका धेरै भ्रष्टाचार विषय बीचैमा सामसुम पारिएको हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलेमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न समाजवादीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

मानव अधिकार तथा शान्ति समाजले पनि आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। समाजले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आग्रह गरेको छ।

३ जेठ, २०८०, २०:०८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।