उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेबाट सुरु गरिने

उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेबाट सुरु गरिने

काठमाडौं : सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेलमा गर्ने भएको छ।

राष्ट्रिय स्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सरोकारवाला पक्षसँग तयारी बैठक सकेको छ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले बुधबार (भोलि) धुलिखेल अस्पतालमा विश्व रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम गर्ने निर्णय गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल स्थित प्रतिनिधि सहभागी बैठकमा सङ्गठनले नमुनाका लागि देशमै पहिलो पटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु गर्न लागिएको जानकारी गराइयो।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काका अनुसार डब्लूएचओको अग्रसरतामा थालिने अभियान सम्बन्धित जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ।

२ जेठ, २०८०, ०८:५५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।