जयपुर मैदानमा १० वर्षयता राजस्थानलाई हराउन नसकेको बेंग्लोरले टस जित्यो

जयपुर मैदानमा १० वर्षयता राजस्थानलाई हराउन नसकेको बेंग्लोरले टस जित्यो
फाइल तस्बिर

इन्डियन प्रिमियर लिग (आईपीएल) को ६० औं खेल सुरु भएको छ। 

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच सवाई मानसिंह स्टेडियममा अहिले खेल हुँदै छ। बेंग्लोरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। बैंग्लोरले टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ। 

राजस्थान र बैंगलोरबीच जयपुरमा अहिलेसम्म ७ खेल भइसकेका छन्। जसमध्ये चार खेल राजस्थानले र तीन खेल बैंगलोरले जितेको छ भने राजस्थानविरुद्ध बेंग्लोरले यस मैदानमा १० वर्षदेखि जित्न सकेको छैन, यहाँ उसको अन्तिम जित सन् २०१३ मा भएको थियो। 

राजस्थानले यो सिजन अहिलेसम्म १२ खेल खेलेको छ, जसमा टोलीले ६ जितेको छ र त्यति नै खेलमा हार बेहोरेको छ। टोलीको हाल १२ अंक छ।

बेंग्लोरविरुद्ध टोलीमा जोस बटलर, जो रुट, शिमरोन हेटमायर र ट्रेन्ट बोल्ट छन्। यसबाहेक यशस्वी जैसवाल, युजवेन्द्र चहल र सञ्जु सामसनजस्ता खेलाडी उत्कृष्ट लयमा छन्। ​​​​​​​

बेंग्लोरले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ५ जित र ६ हारेको छ। टोलीको १० अंक छ। राजस्थानविरुद्ध टोलीका फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, भानिन्दु हसरंगा र जोस हेजलवुड छन्। यीबाहेक विराट कोहली, मोहम्मद सिराज र हर्षल पटेलजस्ता खेलाडी पनि छन्। 

३१ बैशाख, २०८०, १५:३५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।