थप ३७ जनामा कोरोना संक्रमण

थप ३७ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।

शनिबार १४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२६ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २४७ पीसीआर तथा २ हजार १६७ एन्टिजेन परीक्षण भएको छ।

३० बैशाख, २०८०, १६:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।